समाज


अहिराजबाट पीडितको बयान: नेपालमा पैसा र पावर हुनेकै कानुन छ भन्दै मेरो अस्मिता लुटियो

अहिराजबाट पीडितको बयान: नेपालमा पैसा र पावर हुनेकै कानुन छ भन्दै मेरो अस्मिता लुटियो

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजको फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८२ बुधबार ११:४३, काठमाडौँ

बलात्कार आरोपमा प्रहरीको हिरासतमा रहेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज नामले चिनिने राजेश झाविरुद्ध मुद्दा दायर गरिएको छ। 

आफूलाई बलात्कार गरेको भनी युवतीले जाहेरी दिएपछि यही साउन ४ गते काठमाडौँमा पक्राउ परेका अहिराजविरुद्ध मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। 

पीडित युवतीले आफूलाई अहिराजले काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा आएर २०८१ जेठ ४ गते बलात्कार गरेको उल्लेख गरेकी छन्। 

पक्राउ परेको ९ दिनमै काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले साउन १३ गते झाविरुद्ध मुद्दा दर्ता गराएको हो। 

यस्तो छ, पीडित युवतीको बयान:

‘म जाहेरवालाको कसुरदार राजेश झा अहिराजसँग मेरो घरको नजिकको नातेदारबाट चिनजान भएको हो। सोही समयदेखि नै निज कसुरदार मेरो विराटनगरस्थित घरमा जाने-आउने क्रम चलिरहन्थ्यो। सोही समयदेखि निज विपक्षी मसँग नजिक हुन चाहेको रहेछन्। म पढाइमा व्यस्त भएका कारण थुप्रै समयसम्म निजसँग मेरो भेट भएन। केही वर्षपछि म काठमाडौँ अध्ययनको सिलसिलामा आएको थाहा पाएर निज मेरो बानेश्वरस्थित डेरामा आउन-जान थाले। पारिवारिक चिनजानको मान्छे भएका कारण मैले नआऊ भन्न सकिनँ। कसुरदार राजेश झा अहिराजसँग म करिब १७ वर्षको हुँदाको बखत पहिलोपटक विराटनगरमा भेटघाट भएको थियो। सोही समयबाट निज आफ्नै घरमा आउने-जाने गर्थे। केही वर्षपछि उच्च शिक्षा अध्ययनको सिलसिलामा म काठमाडौँ आएको थाहा पाएपछि बानेश्वरस्थित मेरो डेरा गरी बसेको कोठामा पनि आउने-जाने गर्न थाल्नुभयो। मेरो बुवाआमा घरपरिवारका सम्पूर्ण सदस्यसँग उनको राम्रो चिनजानी भएको फाइदा उठाई कुनियत राखी मिति २०८१।२।४ गतेका दिन म मेरो बानेश्वरस्थित डेराकोठामा एक्लै बसिरहेको अवस्थामा मसँग एउटा
जरुरी कुरा गर्नुछ, तपाईंको परिवारबाट सन्देश ल्याएको छु भनी बहाना बनाइ मेरो डेराकोठामा आउनुभयो र कोठाभित्र पसी बेडको छेउमा बस्नुभयो। म पनि अर्को बेडको छेउमा बसेँ। के सन्देश ल्याएको फोनमा नै भनेको भए हुन्थ्यो। म एक्लै भएको ठाउँमा किन आउनुभएको भनी मैले भनिरहँदा उहाँले तिमी किन डराएको, तिम्रो घरपरिवारसँग चिनजान भएको हुनाले निर्धक्क भएर बस। मलाई पनि सास फेर्न देऊ भनी पानी माग्नुभयो। मैले पानी दिएलगत्तै उठेर ढोकाको चुकुल लगाउनुभयो। मैले किन चुकुल लगाउनुभएको भन्दा सिधा आई मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नुभयो। हल्ला गर्ने, चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ। म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो। त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ। तर अब चिच्याइस् भने करणी गरी मारिदिन्छु। तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन्। तलाईं कसले मार्‍यो, कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुने कै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो। लगातार करणीपश्चात् मेरो संवेदनशील अंगबाट रगत बगिरहेको थियो। अब छोडिदिनुहोस् भनी पटक-पटक बिन्ती गर्दै उम्किने प्रयास गर्दा समेत जबर्जस्ती करणी गरिरहे। दिउँसोको करिब १२ बजेको समयसम्म करणी गरिसकेपछि अब तँ मधेसी परिवारको छोरी होस्। यो घटना कसैलाई भनिस् भने तँलाई कसैले पनि विवाह गर्दैन। उल्टै मधेसी समाजले तेरो परिवारलाई बहिष्कार गर्दछ। तँ र तेरो परिवार कहीँ कतै मुख देखाउन लायक हुने छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad