समाज


पानी नपरेपछि सर्लाहीमा दुई सांसदलाई ‘हली’ बनाइयो, महिलाले जुवा काँधमा राखेर ताने

पानी नपरेपछि सर्लाहीमा दुई सांसदलाई ‘हली’ बनाइयो, महिलाले जुवा काँधमा राखेर ताने

तस्बिर: सामाजिक सञ्जाल


नेपालखबर
साउन १४, २०८२ बुधबार १२:२, सर्लाही

सर्लाहीका थारु समुदायले वर्षाको कामना गर्दै दुई सांसदलाई हलो जोत्न लगाएका छन्। 

साउनको मध्य हुँदासमेत वर्षा अभावमा रोपाइँ गर्न नपाएपछि ईश्वरपुर नगरपालिका-९ रामनगरका स्थानीयले सर्लाही- १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिला सिंह थारुलाई हलो जोत्न लगाएका हुन्।

थारु समुदायमा लामो समयसम्म पानी नगरे गाउँका अगुवालाई नियन्त्रणमा लिएर हलो जोत्न लगाउने परम्परा छ। 

सांसद चौधरी र थारु रामनगरकै स्थानीय बासिन्दासमेत हुन्। उनीहरुलाई पनि गाउँलेले ‘नियन्त्रणमा’ लिएर हलो जोत्न लगाएका हुन्। 

चौधरी र थारुले हलो जोत्दा गाउँका महिलाले प्रतिकात्मक रुपमा जुवा काँधमा राखेर हलो तानेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad