प्रधानमन्त्री शुशीला कार्कीले महोत्तरीको गौशाला नगरपालिकाको निगौलस्थित गौशाला पुगेर त्याहाँ रहेका गाईवस्तुको निरिक्षण गरेका छन्। जनकपुरधाममा पूजा गर्न शुक्रबार शुक्रबार यहाँ आएका प्रधानमन्त्री कार्कीले गाई संरक्षणप्रति चासो देखाउँदै गौशाला भ्रमण गरेका हुन्।
निरिक्षणको क्रममा प्रधानमन्त्री कार्कीले जीवजन्तुप्रतिको जिम्मेवारी स्मरण गराउँदै भने, ‘हामीले कुनैपनि जीवको शोषण गर्नु हुँदैन, श्वास हुने जुनसुकै जीवको रक्षा गर्नु हाम्रो कर्तव्य हो। गाईलाई जोगाएर रोजगारीसँग जोड्न सकिन्छ, यसले अवसर पनि सिर्जना गर्छ।’
हिन्दु धार्मिक तथा सांस्कृतिक सन्दर्भ उल्लेख गर्दै उनले हिन्दु परम्परामा मुसोदेखि उल्लुसम्म सबै जीवजन्तुको पूजा गरिने बताए। ‘गाई त झन ‘आमा’सरह हुन तीनको दूध हामी आफ्नालाई खुवाउंछौ’, गौशाला संरक्षकसँग उनले भनिन् ‘त्यसैले शोषण होइन संरक्षण गर्नुस, गर्ने तपाईहरू हो, हामी हेरदिने र सहयोग गरिदिने मात्रै हो।’
प्रधानमन्त्री कार्कीले गाईगौशालालाई उत्पादन र रोजगारीसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सुझाब दिइन। प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रमोद महतोसँगै पुगेकी प्रधानमन्त्रीले गौशालाको समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरिन्।

प्रतिक्रिया