समाज


सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा ४२ वर्षीय पुरुषको मृत्यु, अर्का किशोर घाइते

सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा ४२ वर्षीय पुरुषको मृत्यु, अर्का किशोर घाइते

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १०:१९, सर्लाही

सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। 

गएराति काबिलासी नगरपालिका-६ मदनपुर बजारस्थित भित्री सडक खण्डमा सल्लेमपुरबाट बरहथवा तर्फ जाँदै गरेको आलुप्याज लोड गरेको ज.१ त ६२०३ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जादैँ गरेको बा.४७ प ९८९२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको चन्द्रपुर गाउँपालिका- ५ मोहनपुर बस्ने ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीकै बरहथवा नगरपालिका- ७ निवासी १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। 

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad