समाज


घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १४:२३, सप्तरी

सप्तरीको सप्तकोसीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

सप्तकोरी नगरपालिका २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय सामुदायिक वनमा बिहीबार साँझ घाँस काट्न गएका उनको रुखबाट लडेर मृत्यु भएको हो।

घाँस झार्ने क्रममा रुखको हाँगा भाँचिदा पुवेल तल खसेका थिए। उनको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad