सप्तरीको सुरुङ्गामा पाेखरीमा डुबेर दुईजना बालिकाकाको मृत्यु भएकाे छ। सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो।
दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
प्रनाउ बस्नेतका अनुसार सो घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाको शव निकालिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
87
Shares

प्रतिक्रिया