प्रहरीले सप्तरीबाट चार क्विन्टल गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले गएराति ३ सय ९७ केजी गाँजा बरामद गरेको हो।
बेवारिसे अवस्थामा डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट गाँजा बरामद गरिएकाे प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सुरक्षा फौजले १७ वटा पोकामा रहेको गाँजा बरामद गरेको हो।
त्यसैगरि बाराको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडकखण्डबाट पनि प्रहरीले ३२ किलो गाँजा बरामद भएको छ।
432
Shares

प्रतिक्रिया