रौतहटको कटरिया घर भएका पत्रकार रविन्द्र प्रजापति मृत फेला परेका छन्।
कटहरिया नगरवालिका-५ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा गएराति उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
३० वर्षीय प्रजापतिले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।
उनलाई आफ्नै कोठामा मृत फेला पारेपछि परिवारका सदस्यले नजिकको प्रहरी कार्यालयमा खबर गरेका थिए। राति १० बजे अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए।
प्रजापति कटहरियास्थित म्युजिकल एफएममा कार्यरत थिए।
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एक साताअघि मात्रै पत्रकार प्रजापति र सागर संगम ठाकुरमाथि कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवाल नेतृत्वको समूहले कुटपिट गरको थियो।
त्यतिबेला यो घटनाको नेपाल पत्रकार महासंघलेसमेत विरोध जनाएको थियो।
खानेपानीसम्बन्धी समाचार प्रसारण भएपछि सञ्चारकर्मीद्वयलाई बोलाएर घर भित्र थुनेर जयसवालले कुटपिट गरेका पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ।
पारिवारिक तनाव र आफूमाथि भएको कुटपिटसहितको दुव्र्यवहारको कारण उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।
Shares

प्रतिक्रिया