समाज


जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

नेपालखबर
असार ३२, २०८२ बुधबार ९:०, सर्लाही

सर्लाहीमा मंगलबार बिहानदेखि हराएका ६ वर्षीय बालकको शव गएराति फेला परेको छ। 

हरिपुर नगरपालिका-१ जानकीनगर निवासी दिनेश यादवका छोरा सुशान्त यादवको गएराति शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

मंगलबार बिहान १० बजेतिर बालक आफ्नै घरबाट बेपता भएका थिए। 

खोजतलास गर्ने क्रममा राति साढे ११ बजे घरबाट झण्डै आधा किमी पूर्वतर्फ खाल्डोको पानीमा डुबेको अवस्थामा बालकको शव भेटिएको हो।

सडक निर्माणका लागि जेसीभीले खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ। 

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट  प्रहरी नायव निरीक्षक उदयकुमार झाको कमाण्डमा गएको प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। 

जेसीभीले खनेको खाडलको कारण बालकको मृत्यु भएको भन्दै बालकका आफन्त र स्थानीयले बिरोध गरेका छन्। 

प्रहरीले बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad