समाज


पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ५:३४, काठमाडौँ

पत्रकार फणि महतको निधन भएको छ। 

विगत दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४५ वर्षीय महतको गएराति साढे १० बजे काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। 

रौतहटको चन्द्रपुर नगरपालिका- ४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए। चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत उनी नेकपा एमालेनिकट प्रेस चौतारीको मधेस प्रदेश अध्यक्षसमेत थिए। 

ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराएका थिए। 

उपचारमा ठूलो धनराशि खर्च भएपछि पछिल्लो समय उनको उपचारमा विभिन्न दाता र हितैसीहरुलेसमेत आर्थिक सहयोग गरेका थिए। 

उनको निधनप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संघसंस्थाले दुःख व्यक्त गरेका छन्। 

घरका जेठा छोरा उनका आमाबुवा, श्रीमती र दुई छोरा छन्। निधनपछि महतको पार्थिव शरीर काठमाडौँबाट चन्द्रपुरस्थित घर लगिएको रौतहटका पत्रकार सुब्बा कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad