समाज


मोटरसाइकल दुर्घटनामा १६ र १८ वर्षका २ युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा १६ र १८ वर्षका २ युवकको मृत्यु

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १४:११, काठमाडौँ

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। 

सबैला नगरपालिका- ८ ठिल्लास्थित सडकमा म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना भएको हो।

दुर्घटनामा सोही ठाउँ बस्ने माेटरसाइकल चालक १८ वर्षीय अमन राय र मोटरसाइकलकाे पछाडि सवार धनुषाकै विदेह नगरपालिका - ७ जोगियारा बस्ने १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad