सर्लाहीमा जंगली हात्तीले मकैसहितका बालीनालीमा व्यापक क्षति पुर्याएको छ
हरिवन नगरपालिका–५ घुर्कौलीका किसानको मकै बालीमा गएराति जंगली हात्तीले व्यापक क्षति पुर्याएको हो।
केही दिनदेखि तीनवटा जंगली हात्तीले सर्लाहीको उत्तरी क्षेत्रका किसानको बालीनालीमा क्षति पुर्याउँदै आएको छ।
पाक्ने बेला भएकाे मकै बाली हात्तीले नष्ट पारेपछि किसान चिन्तित बनेका छन्।

159
Shares

प्रतिक्रिया