ग्लोबल


रामदेवको अभिव्यक्तिप्रति दिल्ली उच्च अदालतको कडा आपत्ति

रामदेवको अभिव्यक्तिप्रति दिल्ली उच्च अदालतको कडा आपत्ति

योग गुरु रामदेव


नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १३:४०, काठमाडौँ

दिल्ली उच्च अदालतले मंगलबार योग गुरु रामदेवको टिप्पणीमा कडा आपत्ति जनाएको छ। 

रामदेवले हमदर्दको रुह अफजाका लागि ‘शरबत जिहाद’ शब्द प्रयोग गरेका थिए।

न्यायाधीश अमित बंसलले रामदेवको कम्पनी पतञ्जलि फुड्स लिमिटेडविरुद्ध दायर गरिएको हमदर्द फाउन्डेसनको याचिकाको सुनुवाइ गरिरहेका थिए।

न्यायाधीश बंसलले रामदेवका वकिललाई भने, ‘यो टिप्पणीले अदालतको विवेकलाई हल्लाउनेछ। तपाईं आफ्नो क्लाइन्टबाट निर्देशन लिनुहोस्, अन्यथा हामी कडा आदेश दिनेछौँ।’

अदालतको यस निर्देशनमा पतञ्जलिले रामदेवको 'शरबत जिहाद' टिप्पणी र यससँग सम्बन्धित भिडिओ र विज्ञापन हटाउने वा परिवर्तन गर्ने बताएको छ।

पतञ्जलिका तर्फबाट उपस्थित अधिवक्ता राजीव नायरले आफूहरू कुनै पनि धर्मको विरुद्धमा नरहेको र विवादास्पद भिडिओ/विज्ञापन हटाउन तयार रहेको बताएका छन्।

उनले भिडिओ/विज्ञापन तुरुन्तै हटाउने र पाँच दिनभित्र शपथपत्र दर्ता गर्ने बताएका छन्।

यस मुद्दाको अर्को सुनुवाइ मे १ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad