सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने कञ्चनरुप नगरपालिका–१० बदगामामा प्र-२-०२–०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–१२ रुपनगरका २७ वर्षीय विक्रम बञ्जराको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बञ्जराको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको उनले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका रुपनी गाउँपालिका–४ का ३४ वर्षीय सन्तोष इसरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
3.1k
Shares

प्रतिक्रिया