समाज


बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु

दुर्घटनापछि बसका चालक भागे
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १०:३५, बारा

बारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। 

गएराति कलैया उपमहानगरपालिका–१४ बघवनमा  ना ६ ख ५०६७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा रौतहटको फतुवाविजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। 

दुर्घटनापछि चालक फरार छन्। बस भने प्रहरीले नियन्त्रणमा राखेको छ। चालकको खोजी भइरहेको पण्डितले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad