समाज


बाटो अप्ठ्यारो देखेपछि ११ जना यात्रु बसबाट झरे, यात्रु झर्नासाथ सडकबाट खस्यो बस

बाटो अप्ठ्यारो देखेपछि ११ जना यात्रु बसबाट झरे, यात्रु झर्नासाथ सडकबाट खस्यो बस

दुर्घटनामा परेकाे बस। तस्बिर: सामाजिक सञ्जाल।


नेपालखबर
माघ १६, २०८१ बुधबार ७:२१, सर्लाही

सर्लाहीको लालबन्दी नगरपालिका-१५ को चुरे क्षेत्रमा बस दुर्घटनामा परेको छ।

सर्लाही र सिन्धुलीको सीमा क्षेत्रमा पर्ने चुरेमा मंगलबार साँझ बस दुर्घटनामा परे पनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए। 

‘लालबन्दीबाट १२ जना यात्रु लिएर सिन्धुलीको मरिण कपिलाकाेटतर्फ जाँदै गरेको बा २ ख ६४३३ नम्बरको बस बिपरित दिशाबाट आउँदै गरेको जन्ती बोकेको अर्को बसलाई साइट दिने क्रममा चिप्लिएर सडकबाट झण्डै १० मिटर तल खसेको हो,’ इन्सपेक्टर पाठकले नेपालखबरसँग भने, ‘दुर्घटनामा बस चालकलाई सामान्य चोट लागे पनि अरु यात्रु सुरक्षित छन्।’

एकतर्फी अप्ठ्यारो कच्ची सडकमा दुईवटा बस वारपार हुने ठाउँ नभएपछि दुवै बस रोकिएका थिए। बस रोकिएकाे माैकामा यात्रु बसका चालकबाहेक सबै यात्रु झरेपछि चालकले अघि बढाउने क्रममा बस पल्टिएको पाठकले बताए। ‘यात्रुहरु नझरेको भए मानवीय क्षति हुने थियो। तर, जोखिम देखेपछि यात्रीहरु झर्नुभएछ। त्यसपछि लगत्तै बस पल्टिएछ। बसमा यात्रु नभएकाले मानवीय क्षति हुन पाएन,’ उनले भने।

प्रत्यक्षदर्शी प्रज्ञान विश्वकर्माले पनि जोखिम देखेर यात्रु बसबाट झरेकाे कारण मानवीय क्षति नभएको बताए। 

बस पल्टिएको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट असई शम्भु चौधरीको नेतृत्वमा पाँचजना प्रहरी घटनास्थलमा पुगेका थिए। त्यसपछि अर्को बस बोलाएर यात्रुलाई गन्तव्यमा पठाइएको उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad