समाज


गाडी दुर्घटनामा मधेसका स्वास्थ्यमन्त्री घाइते, जनकपुरमा उपचार हुँदै

गाडी दुर्घटनामा मधेसका स्वास्थ्यमन्त्री घाइते, जनकपुरमा उपचार हुँदै

मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह र दुर्घटनामा परेकाे उनी सवार गाडी।


नेपालखबर
माघ ८, २०८१ मंगलबार ६:४४, काठमाडौँ

जनकपुरमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा मन्त्री सिंहसहित तीनजना घाइते भएका छन्।

गएराति स्वास्थ्यमन्त्री सिंह सवार मधेस प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी खानेपानी डिभिजन कार्यालयको मधेस प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए। 

‘दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,’ एसपी तिवारीले नेपालखबरसँग भने, ‘मन्त्री सिंहसहित तीनैजनाको अवस्था सामान्य छ।’

उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन्। गएराति करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुई गाडी आपसमा ठोकिएका हुन्।

दुर्घटनामा मन्त्री सवार गाडीका चालक र सुरक्षाकर्मी पनि घाइते भएका एसपी तिवारीले बताए। दुर्घटनामा परेकाे गाडीकाे अगाडिकाे भागमा क्षति पुगेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad