समाज


तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु

चालकसहित २ युवा गम्भीर घाइते
तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु

नेपालखबर
पुस ५, २०८१ शुक्रबार ८:४९, सर्लाही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवारी दुई युवा गम्भीर घाइते भएका छन्। 

पूर्व–पश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका–६ स्थित जंगल क्षेत्रमा बिहीबार साँझ बा ९४ प ९२३४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। 

दुर्घटनामा पहिचान नखुलेका झण्डै ५० वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएपछि पल्टिएको थियो। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।


दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका-१६, परवानिपुरका २१ वर्षीय विनोद कुमार श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार सर्लाहीकै ईश्वरपुर नगरपालिका-१२, घारिबथानका २७ वर्षीय निरज लामा घाइते भएका प्रहरीले जनाएको छ।। 

गम्भीर अवस्थाका दुवै घाइतेलाई लालबन्दीमा प्राथमिक उपचार गरी राति नै थप उपचारको काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ।

पहिचान नखुलेका मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad