समाज


रौतहटमा घर छेउमै बाघको आक्रमण, वडाध्यक्षसहित २ जना घाइते

रौतहटमा घर छेउमै बाघको आक्रमण, वडाध्यक्षसहित २ जना घाइते

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०८१ आइतबार ५:५३, रौतहट

रौतहटमा बाघको आक्रमणमा परेर दुई जना घाइते भएका छन्। 

शनिबार गुजरा नगरपालिकास्थित राईटोलमा बाघले आक्रमण गर्दा वडाध्यक्षसहित दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

घाइते हुनेमा गुजरा–१ का वडाध्यक्ष ५५ वर्षीय रामजीत चौधरी र सोही ठाउँका ६५ वर्षीय बौराही चौधरी रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दिपककुमार रायले जानकारी दिए। 

घर नजिकै रहेको आलुबारीमा पानी पटाउन गएको बेला बौराहीमाथि अचानक बाघले आक्रमण गरेको थियो। उनलाई बाघबाट जोगाउन गएका वडाध्यक्ष चौधरीलाई पनि बाघले आत्रमण गरेर घाइते बनाएको रायले बताए। 

बौराहीको टाउको र दुवै हातमा चोट लागेको छ। वडाध्यक्ष चौधरीको पनि दुवै हातमा चोट लागेको छ। घटनास्थल लमाहा खोला नजिकै पर्छ। 

घाइते दुवैलाई चन्द्रपुरस्थित सरकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। हाल दुवै घाइतेको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad