महोत्तरीमा भएका श्रृंखलावद्ध चोरी, डकैती र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न हात हतियारसहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्लामा भएका ६ वटा चोरी डकैतीका घटनामा उनीहरुको संलग्नता पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ पर्नेमा चारजना भारतीय छन्।
पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ लिगौल बस्दै आएका ३० वर्षीय डाक्टर भनिने प्रमोदकुमार साह, उनकी पत्नी सञ्जुदेवी साह, बिहार घर भई हाल गौशाला ५ मा डेरा गरि बस्ने ५२ वर्षीय रन्धिर साह, बिहारको सीतामढी निवासी २४ वर्षीय गोलु भन्ने सुधिर भण्डारी माली, गौशाला ९ बिसरपुर निवासी २८ वर्षीय ललन साह र गौशाला ६ फुलकहा बस्ने २६ वर्षीय राकेशकुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल प्रसाद जैसवालले जानकारी दिए।
उनीहरुको साथबाट म्यागजिनसहितको पेस्तोल २ थान, नलकटुवा बन्दुक १ थान, म्यागजिन लोड गरिएको गोली ५ थान, अन्य विभिन्न नामका १८ थान गोली, फलाम काट्ने १२ इन्च लम्बाइ भएको कैची १ थान र फलामको रड १ थान बरामद गरिएको डीएसपी जैसवालले बताए।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। उनीहरुविरुद्ध हातहतियार तथा खरखजना, चोरी डाका/लुटपाट तथा संगठित अपराध मुद्दामा प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेकाहरुबाट भएका चोरी/डकैतीका घटना विवरण

Shares

प्रतिक्रिया