बागमती


काभ्रेको ५९ किलोमा मृत भेटिएका पुरुषको सनाखत हुन सकेन

काभ्रेको ५९ किलोमा मृत भेटिएका पुरुषको सनाखत हुन सकेन

नेपालखबर
असोज २७, २०८१ आइतबार १०:३२, काठमाडौँ

काभ्रेस्थित अरनिको राजमार्गमा पुरुषको शव फेला परेको छ। 

काभ्रे जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको भुम्लु गाउँपालिका-८ स्थित अरनिको राजमार्गअन्तर्गत ५९ किलो भन्ने स्थानमा नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षका पुरुष शनिबार दिउँसो मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता, डीएसपी मीनबहादुर घलेका अनुसार ती व्यक्तिले नीलो जिन्स पाइन्ट, कालो लामो बाहुला भएको टिसर्ट लगाएका छन्।

‘घटनास्थल लास जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसनधान सम्पन्न गरी पोस्टमार्टमका लागि शव धुलिखेल अस्पतालमा राखिएको छ’, डीएसपी घलेले आइतबार बिहान नेपालखबरसँग भने, ‘अहिलेसम्म कोही सनाखत गर्न आउनुभएको छैन, कहीँ कतै कोही हराएको भए वा चिन्नुहुने महानुभावलाई सानखतका लागि जिप्रका काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न अनुरोध गर्छौँ।’

शरीरमा कुनै चोटपटक नदेखिएकाले हत्याको आशंका नभए पनि अहिले मृत्युको कारण भन्न नसकिने उनले बताए। 

‘शवको प्रकृति हेर्दा त हत्याजस्तो आशंका त भएन’, डीएसपी घलेले भने, ‘तर मृत्यु के कारणले भयो भन्ने कुरा अब पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा होला।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad