समाज


काठमाडौँबाट आउँदै गरेको हायस सर्लाहीमा पल्टियो

काठमाडौँबाट आउँदै गरेको हायस सर्लाहीमा पल्टियो

नेपालखबर
भदौ ४, २०८१ मंगलबार ८:२, सर्लाही

सर्लाहीको ईश्वपुरमा हायस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको बा.प्र-०६-००१ ज ००६६ नम्बरको हायस ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलमा सोमबार दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार तीव्र गतिको हायस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो।  

हायसमा चालकसहित १२ जना सवार थिए। घाइते सबै खतरामुक्त छन्।

दुर्घटनामा घाइते भएका गोडैता नगरपालिका-९ बकैनिया निवासी २८ वर्षीय सरोज कुमार चौधरी, २४ वर्षीय शुशिल कुमार चौधरी, २३ वर्षीय चुनचुन महतो, २६ वर्षीय रामजी पासवान, १९ वर्षीय सुमन महतो र गोडैता-२ निवासी २७ वर्षीय नवीन महतोको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad