सर्लाहीमा बोलबम तिर्थयात्री सवार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
आइतबार भारतको मढिया स्थित मन्दिरमा जल चढाएर फर्कीएका तिर्थयात्री सवार ज.२ त ३२७ नम्बरको ट्याक्टर मलंगवा नगरपालिका-१२ गम्हरिया छेउको नहरमा खसेको थियो। दुर्घटनामा परेर पाँच जना घाइते भएका थिए।
घाइतेमध्ये चक्रघट्टा गाउँपालिका-५ निवासी जोगीन्द्र मण्डलकी पत्नी ४५ वर्षीया पतही देवीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते पतहीलाई उपचारको लागि वीरगंजस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
अन्य घाइतेको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
57
Shares
प्रतिक्रिया