ad ad

समाज


माइक्रोमाथि रुख बजारिँदा घाइते भएका १० यात्रुको पहिचान खुल्यो (नामावली)

माइक्रोमाथि रुख बजारिँदा घाइते भएका १० यात्रुको पहिचान खुल्यो (नामावली)

सुनिता विष्ट
साउन २१, २०८१ सोमबार ११:३४, हेटौँडा

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी- ५ जरेखोलामा आज बिहान माइक्रो बसमाथि रुख बजारिँदा घाइते भएकाहरुको पहिचान खुलेको छ। 

धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो बसमाथि साेमबार बिहान रुख बजारिँदा घाइते भएकाहरुको पहिचान खुलेकाे धादिङ प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार माइक्रो बसमा सवार १५ जनामध्ये १० जना  घाइते भएका छन्। जसमा ६ जनाको अवस्था सामान्य छ भने ४ जना मध्यम घाइते रहेका प्रहरीले जनाएको छ। 

घाइते हुनेमा धादिङको निलकण्ठ नगरपालिका- ३ पुछार बजार बस्ने २६ वर्षकी निन्दु शाह (टाउकोमा चोट, अबस्था सामन्य), सोही स्थानमा वर्ष ५० को शिवराज अधिकारी (दाहिने हातमा चोट, अबस्था सामान्य), निलकण्ठ नगरपालिका- ३ शान्तबजारकी ३१ वर्षीया सुनिता घिमिरे (शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम), निलकण्ठ- ३ कै बीचबजार बस्ने वर्ष ४० को रमेश अधिकारी (दुवै हातमा चोट, अबस्था सामान्य) रहेका छन्। 

यस्तै, सोही स्थानमा १४ वर्षीया डिल बहादुर गुरुङ (टाउकोमा चोट, अवस्था सामान्य), धादिङको खनियाबास गाउँपालिका- ४ खट्करीका २६ वर्षीय उर्मिला थापा मगर ( बाँया पाखुरामा चोट, अवस्था मध्यम), रुविम्याली गाउँपालिका- १ का ७२ वर्षका निर्माग तामाङ (छातीमा चोट, अवस्था मध्यम), नेत्रावती गाउँपालिका- ४ का २२ वर्षीया सञ्जु भुसाल (दुवै हातमा चोट, अवस्था मध्यम), ज्वालामुखी गाउँपालिका- ६ बस्ने ३८ वर्षीया निदेश तिमिल्सिना ( दायाँ हातमा चोट, अवस्था सामान्य) र मुगु जिल्ला रारा नगरपालिका- ३ का २२ वर्षीया गंगाराम चौलागाईँ (पेट र बायाँ हातमा चोट, अवस्था सामान्य) रहेका छन्। 

घाइतेमध्ये ७२ वर्षको निर्माग तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकी ९ जनाको गजुरीस्थित अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जनाएको छ। पहिरो हटाएपछि राजमार्गमा गाडी गुड्न थालेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .