सर्लाहीमा शुक्रबार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। गर्मीको समयमा विद्युत् अवरुद्ध हुँदा जिल्लावासी मर्कामा परेका छन्।
नेपाल विद्युत प्राधिकरणको नवलपुरस्थित सबस्टेशनको मुख्य ट्रान्सफर्मर बिग्रिँदा शुक्रबार बिहानदेखि जिल्लाभरी नै विद्युत् सेवा अवरुद्ध भएको सबस्टेशन प्रमुख सुशिल यादवले जानकारी दिए।
अहिले बिग्रिएको ट्रान्सफर्मर मर्मतको काम चलिरहेको उनले बताए। ढल्केबरबाट सामान मगाएर ट्रान्सफर्मर मर्मत गर्नुपर्दा समय लागेको यादवको भनाई छ। केही समयपछि नै विद्युत सेवा सुचारु हुने उनले बताए।
225
Shares

प्रतिक्रिया