ad ad

समाज


लहानमा मध्यराति बम पड्काएर ४ घरमा लुटपाट, ५ जना घाइते

लहानमा मध्यराति बम पड्काएर ४ घरमा लुटपाट, ५ जना घाइते

नेपालखबर
जेठ १, २०८१ मंगलबार १०:५४, काठमाडौँ

सिराहाको लहानमा मध्यराति बम पड्काएर चार घरमा लुटपाट भएको छ। 

सोमबार राति १२ बजेतिर लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर चार घरमा लुटपाट गरेका सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए। 

चार घरबाट पाँच लाख रुपैयाँ लुटपाट भएको छ। घटनास्थलमा पड्किएको सुतली बम र एउटा नपड्किएको बुलेटको गोली प्रहरीले बरामद गरेको छ। 

स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरमा लुटपाट भएको हो। 

लुटेरा समूहले नगद र सुनचाँदीका गरगरहना लुटेर लगेका पीडितले बताएका छन्। यस्तै बमको छर्रा लागेर ५ जना घाइते भएका छन्।

घाइतेहरुको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी पण्डितले बताए। गम्भीर घाइते भएका योगेन्द्र यादव र निरञ्जन यादवलाई थप उपचारका लागि विराटनगर लगिएको छ। 

घटनामा संलग्नहरुको पहिचान भइनसकेको र अनुसन्धान भइरहेको पनि एसपी पण्डितले बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .