महोत्तरीको एकडारामा प्रहरीले चालिस हजार वटा गाँजाको बोट फँडानी गरेको छ।
एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाका बोट फँडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको प्रहरी टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरेको हो।
महोत्तरीका डीएसपी प्रकाश मल्लले बहेडाको वन क्षेत्रमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा फँडानी गरेर नष्ट गरेको हो।
21
Shares

प्रतिक्रिया