समाज


पर्सामा बाघले टाउको र खुट्टा खाएको अवस्थामा युवकको शव भेटियो

पर्सामा बाघले टाउको र खुट्टा खाएको अवस्थामा युवकको शव भेटियो

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०८० मंगलबार ५:१७, पर्सा

बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ। 

बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो। 

सोमबार बिहान घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड बेपत्ता भएका थिए । उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए। 

धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको उनले बताए। 

धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad