महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतो चढ्ने सरकारी गाडीमा गएराति आगजनी भएको छ।
गौशाला- १ रामनगरस्थित आफ्नै घर अगाडि पार्किङ गरेर राखिएको अवस्थामा महतो चढ्ने प्र-२-००२-०००१ झ ०००५ नम्बरको बोलेरो गाडीमा गएराति आगजानी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरीले जानकारी दिए।
‘मध्यराति अज्ञात व्यक्ति पेट्रोल छर्केर गाडीमा आगो लगाएका हुन्,’ डीएसपी गिरीले नेपालखबरसँग भने, ‘आगजनीबाट गाडिको अगाडी र पछाडिका एकएक वटा चक्कामा क्षति पुगेको छ।’
आगजनी गर्ने व्यक्ति तत्कालै फरार भएकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट दुईवटा बोतल बरामद भएको छ। घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया