समाज


मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार

मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार

प्रदीप आचार्य
बैशाख १५, २०८३ मंगलबार १९:२२, बुटवल

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रभित्र रहेका अव्यवस्थित बस्ती तथा अन्य भौतिक संरचना हटाउने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

बुटवलको मोतिपुर औद्योगिक क्षेत्र र बाँकेको नौबस्ता औद्योगिक क्षेत्रका परियोजना कार्यालयहरूलाई निर्देशन दिइएको हो। लिमिटेडको केन्द्रीय कार्यालय, बालाजुबाट जारी पत्रअनुसार, परियोजना कार्यालयहरूलाई आफ्नो क्षेत्राधिकारभित्र पर्ने जग्गामा रहेका अवैध बसोबास तथा संरचना हटाउन जिल्लास्थित सम्बन्धित निकायसँग समन्वय गरी काम अगाडि बढाउन भनिएको छ। 

साथै, जग्गाको अतिक्रम हटाउने कार्यलाई तीव्रता दिन पनि निर्देशन दिइएको छ। पत्रमा हटाउने कार्यसँग सम्बन्धित प्रक्रिया अगाडि बढाइसकेपछि त्यसको विवरण केन्द्रीय कार्यालयलाई जानकारी गराउन पनि भनिएको छ। 

बुटवल उपमहानगरपालिकाले भने बस्ती जोगाउनको लागि लबिङ गरेको थियो। बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले मोतिपुर औद्योगिक क्षेत्रसम्बन्धी विवाद समाधान र स्थानीयको हितलाई ध्यानमा राख्दै बस्ती जोगाएर औद्योगिक क्षेत्र निर्माण गर्नको लागि कार्यदल बनाएर काम गरेका थिए। 

जग्गाको वास्तविक अवस्था अध्ययन गरी कानुनी आधारसहित प्रतिवेदन तयार गरेर बुटवलले लिमिटेडलाई बुझाएको थियो। करिब ८१३ बिघामा प्रस्तावित औद्योगिक क्षेत्रलाई स्थानीयको विरोध र बसोबासको अवस्थालाई ध्यानमा राख्दै घटाएर करिब ५०० बिघामा सीमित गर्ने र बाँकी जग्गा स्थानीयलाई छाड्ने सहमति भइसकेको उपमहानगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad