समाज


मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, २ युवती गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, २ युवती गम्भीर घाइते

नेपालखबर
मंसिर ६, २०८२ शनिबार ७:२२, नवलपरासी पूर्व

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। 

कावासोती नगरपालिका–१६ डण्डा बजारमा गएराति १० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना.४३ प ३४३६ नम्बरको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।  

मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। 

मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad