२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाबाट ६२ वर्षीय वृद्ध पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तानसेन नगरपालिका-१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिप्रका पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार कार्कीले पाल्पाकै २३ वर्षीया युवतीलाई यही असार २० गते शुक्रबार जबरजस्ती करणी गरेको उजुरी परेको छ।
पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको कार्कीले जानकारी दिए।
प्रहरीले कार्कीलाई तानसेन नगरपालिका-४ लहरेपीपलबाट नियन्त्रणमा लिएको हो। उनलाई जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
903
Shares

प्रतिक्रिया