ग्लोबल


तीन हप्तादेखि भारतमा अलपत्र बेलायती लडाकु विमान बनाउन बेलायतबाट आइपुग्यो टोली

तीन हप्तादेखि भारतमा अलपत्र बेलायती लडाकु विमान बनाउन बेलायतबाट आइपुग्यो टोली

नेपालखबर
असार २३, २०८२ सोमबार ६:२५, काठमाडौँ

भारतको केरलास्थित तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हप्तादेखि अलपत्र बेलायती लडाकु विमान बनाउन बेलायतबाट १४ सदस्यीय टोली आइपुगेको छ। 

उड्दाउड्दै इन्धन सकिन लागेको संकेत पाएपछि पाइलटले अप्रिय अवस्था नआओस् भनेर गत जुन १४ (जेठ ३१) राति ब्रिटिस रोयल नेवीको लडाकु जेट एफ-३५ तिरुवनन्तपुरम विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए।

त्यसपछि चेकजाँच गर्दा विमान बिग्रिएको पाइयो। त्यही मर्मत गर्न बेलायतबाट टोली झिकाइएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार दिउँसो आइपुगेको उक्त टोलीले अब विमान त्यहाँबाट हटाउने प्रक्रिया सुरु गर्नेछ। 

९१८ करोड मूल्यको यो विमान ब्रिटिस रोयल नेवीको एचएमएस प्रिन्स अफ वेल्स क्यारियर स्ट्राइक ग्रुपको हिस्सा हो। यसलाई विश्वको सबैभन्दा उन्नत लडाकु जेटमध्ये एक मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad