समाज


मोटरसाइकल भिरबाट खस्दा चालकको मृत्यु, पछाडि बस्ने यात्रुले फाल हानेर ज्यान जोगाए

मोटरसाइकल भिरबाट खस्दा चालकको मृत्यु, पछाडि बस्ने यात्रुले फाल हानेर ज्यान जोगाए

नेपालखबर
असार १७, २०८२ मंगलबार ११:४०, काठमाडौँ

रुकुमपूर्वमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

सिस्ने गाउँपालिका-४ तातोपानीमा सोमबार साँझ रा.३.प ४५३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सुनार सोही ठाउँका बासिन्दा हुन्। उनी सवार मोटरसाइकल सडकबाट झन्डै डेढ सय  तल खसेर दुर्घटना भएको हो। 

साँघुरो र चिप्लो बाटोमा मोटरसाइकल अनियन्त्रित भएर खसेको सोही मोटरसाइकलको पछाडि सवार स्थानीय भुवन केसीले बताएका छन्। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad