समाज


दाङमा बस दुर्घटना हुँदा २५ जनाभन्दा धेरै घाइते, केहीको अवस्था गम्भीर

दाङमा बस दुर्घटना हुँदा २५ जनाभन्दा धेरै घाइते, केहीको अवस्था गम्भीर

नेपालखबर
जेठ २५, २०८२ आइतबार १२:०, काठमाडौँ

दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते भएका छन्।

आइतबार बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका- १३ बखरियामा ना १ ख ४००९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। ‘घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका प्रहरीले जानकारी दिएका छन्,’ डीएसपी शाहले नेपालखबरसँग भने। 

दंगीशरणको गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस बखरिया ओरालोमा सडकबाट झण्डै पाँच मिटर तल खसेर दुर्घटना भएको हो। 

घाइतेको उद्धारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरको कमाण्डमा प्रहरी परिचालन भएका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad