समाज


रुपन्देहीमा मध्यराति २२ वर्षीया युवतीको जल्दै गरेको शव बरामद

पतिसहित परिवारका सदस्य अनुसन्धानको घेरामा
रुपन्देहीमा मध्यराति २२ वर्षीया युवतीको जल्दै गरेको शव बरामद

नेपालखबर
जेठ २५, २०८२ आइतबार १०:५१, रुपन्देही

रुपन्देहीमा मध्यराति एक युवतीको जल्दै गरेको शव प्रहरीले बरामद गरेको छ।  

सम्मरीमाई गाउँपालिका ५ निवासी प्रमोद पालकी पत्नी २२ वर्षीया सिर्जना पालको जल्दै गरेको शव बरामद गरेर पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए। 

‘गएराति घरबाट झण्डै एक किमी टाढा रहेको खेतमा आगोको मुस्लोमा जल्दै गरेको अवस्थामा युवतीको शव फेला परेको हो,’ डीएसपी सापकोटाले नेपालखबरसँग भने, ‘घटनास्थलबाट प्रहरीले आधा जलेको शव बरामद गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ।’

उनलाई कसैले हत्यापछि आगो लगाएका हुन् कि आफैँ जलेको भन्ने विषय अनुसन्धानकै क्रममा रहेको उनले बताए। ‘तर, घटना शंकास्पद छ,’ डीएसपी सापकोटाले भने। 

आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले आइतबार बिहान २ बजे घटनास्थलमा पुगेको थियो। 

रुपन्देहीकै तिलोत्तमा १७ माइत भएकी सिर्जना र प्रमोदबीच एक वर्षअघि मात्रै विवाह भएको थियो। उनले १२ कक्षा उत्तीर्ण गरेकी थिइन्। घरमा किराना पसल चलाउँदै आएका उनका पतिले पनि स्नातकोत्तर पढ्दै गरेका प्रहरीले जनाएको छ। 

घटनापछि सिर्जनाका पति प्रमोदसहित परिवारका सदस्य र केही स्थानीयलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइएको डीएसपी सापकोटाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad