आज पनि सुनचाँदीकै मूल्य बढेको छ। विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ।
सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेर एक लाख ८९ हजार आठसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबारदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ। सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबार प्रतितोला सातसय रुपैयाँ बढेको थियो। त्यसैगरि आइतबार सुनकाे मूल्य तीनसय रुपैयाँ बढेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी एक हजार नौसय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
702
Shares

प्रतिक्रिया