समाज


मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु, १८ वर्षीय छोरा घाइते

मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु, १८ वर्षीय छोरा घाइते

नेपालखबर
बैशाख २, २०८२ मंगलबार ७:२४, काठमाडौँ

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्। 

सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१ राई डाँडामा लु.६१ प ७६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तानसेन–६ घर भएका ४१ वर्षीय पदमबहादुर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा दर्लामीका छोरा १८ वर्षीय मन्दिप घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका बावुछाेरालाई उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको थियो। उपचारकै क्रममा पदमबहादुरको मृत्यु भएको र छोराको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

उकालो सडकमा ब्याक भएर मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad