समाज


पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

नेपालखबर
पुस ४, २०८१ बिहिबार १०:१७, दाङ

दाङमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले रा ७ प ११३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही नगरपालिका-५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो। 

दुर्घटनामा स्कटर चालक २७ वर्षीय निमलाल भुसाल घाइते भएका छन्। निमलाल मृतक महिलाका छोरा हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बुधबार दिउँसो भ्यानको ठक्करबाट भुसाल गम्भीर घाइते भएकी थिइन्।

उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad