समाज


रुकुमपूर्वमा अटो दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु, चारजना घाइते

रुकुमपूर्वमा अटो दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु, चारजना घाइते

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १२:३७, रुकुमपूर्व

रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चारजना घाइते भएका छन्।  

मृत्यु हुनेमा सिस्ने-६ खोपिचारकी १२ वर्षीया विष्णु बुढामगर रहेकी प्रहरीले जनाएको छ। लुम्बनी प्रदेश ०२००१ ह ०३५० नम्बरको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा सिस्ने गाउँपालिका-६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका-५ का ४० वर्षीय टोपबहादुर कार्की घाइते भएका छन्।

गम्भीर घाइते अवस्थाका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ। अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए। 

अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad