समाज


अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा नेपाली युवकको मृत्यु

सडकबाट ८ सय मिटर तल खसेको कार क्षतिग्रस्त
अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा नेपाली युवकको मृत्यु

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार ६:५१, काठमाडौँ

अर्घाखाँचीको सन्धिखर्कमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु घाएको छ। 

सन्धिखर्क नगरपालिका-११ डिभर्नामा आइतबार साँझ भारतीय नम्बर प्लेटको एचआर ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
  
मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृतक अर्घाखाँचीकै मालारानी गाउँपालिका- ७ टिमुरे का २६ वर्षीय नवीन नेपाली रहेका प्रहरीको भनाई छ। 

दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। 

कार सडकबाट झण्डै आठसय मिटर तल खसेको छ। कारमा अरु कोही सवार थिए कि थिएनन्, खुल्न सकेको छैन। घटनाका सम्बन्धमा थप हनुसन्धान जारी रहेको मल्लले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad