सरकारले आज पनि तिहारको बिदा दिएको छ। भाइटीका लगाएपछि तिहार सकिएको मानिन्छ।
हिजो (आइतबार) भाइटीका लगाएपछि यस वर्षको तिहार सकिएको छ। तर, तिहार सकिए पनि आज (सोमबार) सरकारी बिदा छ।
सरकारी पात्रोमै यस वर्ष आज पनि तिहार बिदा उल्लेख छ।
गत माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म तिहार बिदा उल्लेख छ। १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ।
तर कात्तिक १६ र (आज) १९ गते दिइएको बिदाको विवरण भने राजपत्रमा उल्लेख छैन।

303
Shares

प्रतिक्रिया