समाज


टिपर सडकबाट १ सय मिटर तल खस्दा चालकको मृत्यु

टिपर सडकबाट १ सय मिटर तल खस्दा चालकको मृत्यु

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार ९:५३, दाङ

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा गएराति रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा टिपर चालक दाङकै गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरीको मृत्यु भएको छ। 

चुनढुँगा लिन जाँदै गरेको टिपर घोराही–तापा सडक खण्डमा पर्ने जुम्लेपानीमा  सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दर्घटनामा चादककाृ घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad