समाज


कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने

काठमाडौँ आवत जावत गर्न पालुङ–काठमाडौँ सडक र कान्तिलोकपथ प्रयोग गर्न आग्रह
कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १०:५, काठमाडौँ

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ। 

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नु पर्ने भएकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad