समाज


जग्गा विवादमा चक्कुले हानेर भाइको हत्या

जग्गा विवादमा चक्कुले हानेर भाइको हत्या

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार ८:२९, दाङ

दाङमा एक युवकले आफ्नै भाइको हत्या गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ घर भइ हाल दाङको बबई गाउँपालिका- ४ बस्ने २० वर्षीय  अनिल तामाङको हत्या भएको हो। 

अनिलको हत्या गरेको आरोपमा उनका दाजु ३२ वर्षीय पूर्ण तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घरायसी विवादमा उनले चक्कु प्रहार गरी गएको मंगलबार भाइको हत्या गरेका प्रहरीले जनाएको छ।

आफूमाथि पेटमा चक्कु प्रहार भएपछि अनिल आफैँले प्रहरीलाई खबर गरेका थिए।  गम्भीर घाइते अवस्थामा रहेका अनिललाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उनको उपचारकै क्रममा मंगलबारै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनास्थलभन्दा केही पर लुकेर बसेको अवस्थामा पूर्णबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

अनुसन्धानका लागि प्रहरीले उनीहरुका बुवा सोमार तामाङलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad