ad ad

समाज


पछिल्लो ६ घण्टामा यी ८ स्थानमा भारी, १ ठाउँमा धेरै भारी वर्षा

पछिल्लो ६ घण्टामा यी ८ स्थानमा भारी, १ ठाउँमा धेरै भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८१ बिहिबार ७:२२, काठमाडौँ

पछिल्लो ६ घण्टामा मुलुकका ८ स्थानमा भारी तथा एक ठाउँमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ७:१० मा दिएको विवरणअनुसार कास्कीको लामापाटनमा बितेको ६ घण्टामा १०२.२ मिलिमिटर वर्षा भएको हो। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्। 

यस्तै सो अवधिमा देशका ८ स्थानमा भारी वर्षा भएको छ। 

महाशाखाका अनुसार नवलपुर जिल्लाको दुम्कौलीमा ८१.४ मिलिमिटर, नवलपुरकै डन्डामा ६९.६ मिलिमिटर, चितवनको त्रिशूली कालीखोलामा ६३ मिलिमिटर, रुपन्देहीको तिलोत्तमामा ५६.२ मिलिमिटर, तनहुँको बन्दीपुरमा ५६ मिलिमिटर, नवलपुरको देउरालीमा ५५.८ मिलिमिटर, गोरखाको आरुघाटमा ५१.६ मिलिमिटर र चितवनको रामपुरमा ५१.४ मिलिमिटर वर्षा भएको हो।

मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .