ad ad

समाज


दाङमा अटो र मोटरसाइकल ठोक्किँदा ३० र ३१ वर्षका दुई युवकको मृत्यु

दाङमा अटो र मोटरसाइकल ठोक्किँदा ३० र ३१ वर्षका दुई युवकको मृत्यु

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ९:३२, दाङ


दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना युवकको मृत्यु भएको छ। 

बिहीबार साँझ तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीमा रा १ ह ४०९६ नम्बरको अटो र रा ७ प २५० नम्बर मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार दुर्घटनामा मोटरसाइकल चालक दाङकै बबई गाउँपालिका ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको गएराति उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा अटो चालक दाङकै शान्तिनगर-७ खैरेनीका ४३ वर्षीय रुद्र बहादुर थापा पनि गम्भीर घाइते भएका छन्। उनको नेपालगञ्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .