समाज


बाँके प्रहरीले गोली हानेर पक्राउ गर्‍यो दुईजना लागुऔषध कारोबारी

बाँके प्रहरीले गोली हानेर पक्राउ गर्‍यो दुईजना लागुऔषध कारोबारी

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ११:२६, काठमाडौँ

बाँके प्रहरीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। 

गएराति १० बजे कोहलपुर १२ बाट दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए। 

गोली लागेर कोहलपुर नगरपालिका-१२ चप्पलगौडीका २६ वर्षीय सुशील परियार घाइते भएका छन्। गोली प्रहार गरेपछि प्रहरीले परियार र उनका साथी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्कीलाई पक्राउ गरेको हो। कार्कीलाई भने गोली लागेको छैन। 

‘उनीहरुको साथबाट ११४.२५ ग्राम ब्राउन सुगर बरामद भएको छ,’ डीएसपी डाँगीले नेपालखबरसँग भने, ‘गोली लागेर घाइते भएका परियारको प्रहरी निगरानीमा उपचार भइरहेको छ।’

उनीहरु सवार भे ६ प ६२०६ नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ। 

लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सडकमा जाँच गरिहेको ठाउँबाट उनीहरु भागेपछि गोली प्रहार गरिएको डीएसपी डाँगीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .