रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका छन्।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा परेको हो।
लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएका हुन्।
गम्भीर घाइते ३ जनाको हेलिकप्टरबाट उद्वार गरेर नेपालगञ्ज लगिएको तुलाराज सुनुवारले बताए।
साउन २८, २०७९, शनिबार
102
Shares
प्रतिक्रिया