समाज


आफू पढ्ने स्कुलकै बसले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु

आफू पढ्ने स्कुलकै बसले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु

फाइल फोटो


नेपालखबर
जेठ १४, २०८३ बिहिबार ६:४७, झापा

झापामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

गौरादह नगरपालिका–७ स्थित सजग एकता बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा अध्ययनरत चार वर्षीय बालकको ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड़काले बोर्डिङ स्कुलको को. १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत आरोग्य चिमरियालाई ठक्कर दिएको थियो। 

बुधबार दिउँसो पढाई सकेर घर फर्किएका बालकलाई बसबाट विद्यार्थी ओराल्ने क्रममा बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले जानकारी दिए। 

घटनापछि बस चालक गौरादहका ५७ वर्षीय लालबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad